सरस्वतीको लगातार चौथो हार
आइतबार, ३१ चैत्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। सरस्वती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार चौथो खेलमा हार बेहोरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार सम्पन्न खेलमा मध्यपुर युथ एसोसिएसनले सरस्वतीलाई १–० ले पराजित गरेको हो। यो नतिजासँगै मध्यपुरले ६ खेलबाट सात अंक पुर्याएको छ। समान खेलबाट सरस्वतीको ६ अंक छ।
मध्यपुरलाई जित दिलाउन रितबहादुर गुरुङले गरेको गोल नै निर्णायक रह्यो। उनले निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा गोल गरेका थिए।








