काठमाडौंको नयाँ जर्सी सार्वजनिक
मंगलबार, १२ चैत्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सको नयाँ जर्सी सार्वजनिक गरिएको छ।
काठमाडौंले मंगलबार तेस्रो संस्करणमा प्रयोग हुने हेम एन्ड अवे जर्सी सार्वजनिक गरेको हो।
काठमाडौंले चैत १६ गते साबिक विजेता ललितपुर एफसीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। काठमाडौंले प्रतियोगिताभर रातो र सेतो जर्सीको प्रयोग गर्नेछ।








