एपिएफलाई हराउँदै पुलिस सेमिफाइनलमा
बिहिबार, २२ फाल्गुण २०८१खेलपाटी संवाददाता
विराटनगर। विभागीय डर्बीमा एपिएफलाई हराउँदै नेपाल पुलिस क्लब विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ।
विराटनगरको सहिद रंगशालामा बिहीबार भएको दोस्रो क्वार्टरफाइनलमा एपिएफलाई २–० ले पराजित गरेको हो। पुलिसको जितमा अरुण गाहा र मनिष सेढाईले समान एक गोल गरे।
उज्वल राईले ६६औं मिनेटमा निकालिदिएको क्रस पासलाई अरुणले हेडिङमार्फत आकर्षक गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाए।
पहिलो गोल गरेर अग्रता लिएको २१ मिनेट बित्न नपाउँदै पुलिसका मनिषले व्यक्तिगत ८७औं मिनेटमा गोल गरि टिमको जित सुनिश्चित गरे।
प्रतियोगताको प्लेयर अफ द म्याच पुलिसका मनिष घोषित भए र ११ हजार रुपैयाँ प्राप्त गरे।








