खुमलटारको जितमा दिनेशको २ गोल
शुक्रबार, १६ फाल्गुण २०८१खेलपाटी संवाददाता

काठमाडौं। खराब लयमा रहेको एफसी खुमलटारले एन्फा यु–१६ युथ लिगमा विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार सम्पन्न खेलमा खुमलटार ३–० ले विजयी भएको हो।
जितसँगै खुमलटारले १५ खेलबाट सात अंक पुर्याएको छ। तर, १०औं स्थानमा यथावत् छ। आर्मी भने अझै जितविहीन छ।
खुमलटारको जितमा दिनेश शाहीले दुई गोल गरे। सेयोन राईको नाममा एक गोल रह्यो।
दिनेशले १५औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै खुमलटारलाई २–० को अग्रता दिलाएका थिए।
७२औं मिनेटमा सेयोनले अर्को गोल थप्दै सहज जित पक्का गरे।








