धनगढीले भित्र्यायो युइएफए प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक
मंगलबार, १३ फाल्गुण २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज धनगढी एफसीले युइएफए प्रो–लाइसेन्स प्राप्त जुआन म्यानुअल मार्टिनेजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
धनगढीले उनलाई तेस्रो संस्करणका लागि भित्र्याएको हो। उनले यसअघि स्पेन, पानामा, थाइल्यान्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षकको भूमिकामा अनुभव हासिल गरिसकेका छन्।








