‘सुदूरपश्चिम रत्न’बाट शाही सम्मानित
सोमबार, १२ फाल्गुण २०८१खेलपाटी संवाददाता

काठमाडौं। क्रिकेट प्रवर्द्धक सुवास शाही ‘सुदूरपश्चिम रत्न’बाट सोमबार सम्मानित भएका छन्।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेल ग्राम पूर्वाधार निर्माण विकास समितिको बोर्डको अध्यक्षसमेत रहेका शाहीलाई कलंकीस्थित एलआरआई स्कुलले आफ्नो ३७ औं स्थापनाको अवसरमा सम्मानित गरेको हो।
उनले नगद एक लाख रुपैयाँ प्राप्त गरे। शाही एसपीए कप र धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगिताका परिकल्पनाकार हुन्.
धनगढीमा क्रिकेट एकेडेमीसमेत सञ्चालन गरिरहेका उनले गत महिना अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन गरेका थिए।










