विकेशलाई कुनै टिमले लिएन
शनिबार, १० फाल्गुण २०८१खेलपाटी संवाददाता

काठमाडौं। गोलकिपर विकेश कुथुले नेपाल सुपर लिग (एनएसएल) गुमाउने भएका छन्।
एनएसएलको तेस्रो संस्करणको मिनी अक्सन ललितपुरमा जारी छ। उनी ‘ए’ क्याटोगोरीमा थिए। तर, अक्सनमा कसैले बोलि लगाएनन्।
यद्यपि, नबिकेका खेलाडीलाई फ्रेन्चाइजीले विश लिस्टमार्फत भित्र्याउन पाउने नियम थियो। तर, उक्त लिस्टमार्फत पनि उनलाई कसैले चुनेनन्।








