ललितपुर फर्किए नवीन
शनिबार, १० फाल्गुण २०८१खेलपाटी संवाददाता

काठमाडौं। मिडफिल्डर नवीन लामा ललितपुर सिटी एफसीमा फर्किएका छन्।
नेपाल सुपर लिग (एनएसएल) को अक्सन ललितपुरमा जारी छ। उनी ‘बी’ क्याटोगोरीमा थिए। उनले यसअघि पहिलो संस्करण ललितपुर सिटी एफसीबाट खेलेका थिए। त्यसपछि उनी इलाम डे मेची एफसी पुगे। तर, तेस्रो संस्करणका लागि उनी दुई लाख रुपैयाँमा ललितपुर फर्किएका हुन्।








