महँगो रकममा काठमाडौं लागे दिनेश
शनिबार, १० फाल्गुण २०८१खेलपाटी संवाददाता

काठमाडौं। विंगर दिनेश हेम्जन काठमाडौं रेजर्समा पुगेका छन्।
नेपाल सुपर लिग (एनएसएल) को अक्सन ललितपुरमा जारी छ। उनी ‘ए’ क्याटोगोरीमा थिए। उनले यसअघि ललितपुर एफसीबाट एनएसएल खेलेका थिए।
उनलाई काठमाडौं रेजर्स, धनगढी एफसी र पोखरा थन्डर्सले बोलि लगाएका थिए। यद्यपि, गोला प्रथाबाट उनलाई चार लाख रुपैयाँमा काठमाडौंले भित्र्याए।
यो दोस्रो उच्चतम मूल्य हो। यसअघि मणि लामालाई ललितपुरले चार लाखमा भित्र्याएको थियो।








