तेन्जिङकाे निर्णायक गाेलमा एपिएफकाे जित
मंगलबार, ०६ फाल्गुण २०८१खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा यु–१६ युथ लिगमा मंगलबार फ्रेन्ड्स क्लबलाई पराजित गरेकाे छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सकाे मैदानमा मंगलबार सम्पन्न खेलमा एपिएफले १-० को कठिन हात पारेकाे हाे।
याेसँगै एपिएफले १४ खेलबाट ३२ अंक जोडेको छ। पराजित फ्रेन्ड्सको १५ खेलबाट २७ अंक छ।
एपिएफलाई जित दिलाउन तेन्जिङ शेर्पाले गरेको एकमात्रै गोल निर्णायक बन्यो। उनले खेलको ७१औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।








