छिरिङले झापाबाटै एनएसएल खेल्ने
आइतबार, ०४ फाल्गुण २०८१खेलपाटी संवाददाता

काठमाडौं। सेन्ट्रल ब्याक छिरिङ लामाले झापा एफसीबाटै नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन्।
झापाले तेस्रो संस्करणका लागि युवा सेन्ट्रल ब्याकलाई ए क्याटोगोरीबाट रिटेन गरेको हो। झापाले यसअघि ‘बी’ क्याटोगोरीबाट मिडफिल्डर प्रशान्त लक्षमलाई रिटेन गरिसकेको छ।
पहिलो संस्करणमै झापाले पाँचौं स्थानमा रहेर लिग सक्काएको थियो। नौ टोली सहभागी लिगमा झापाले आठ खेलमा दुई जित, चार बराबरी र दुई हार बेहोरेको थियो।
यसपल्ट झापाले मुख्य प्रशिक्षकमा प्रवेश कटुवाललाई नियुक्त गरिसकेको छ। तेस्रो संस्करणको अक्सन यही १० गते शनिबार हुँदैछ।








