पहिलो हाफमा नेपाल १-० ले पछि
शनिबार, ०३ फाल्गुण २०८१खेलपाटी संवाददाता
-1738314938.jpg&w=3840&q=75)
काठमाडौं। नेपाली युवा टोली मैत्रीपूर्ण खेलम चिनियाँ युनान प्रान्तीय टोलीसँग पहिलो हाफमा १–० ले पछि परेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमै पाहुना टोलीले सुरूआती अग्रता लिएको हो। युनानका यु मोङ्घायुईले गोल गरे।
सुरूआतदेखि नै युयानले नेपाली टोलीमाथि दबाब दिएको थियोे। तर, अग्रता भने २१औं मिनेटमा अग्रता लियो। लि सुहानको क्रसमा मोङ्घायुईले गोल गरे।








