चुलाचुलीलाई हराउँदै माई क्वार्टरफाइनलमा प्रवेश
शुक्रबार, ०२ फाल्गुण २०८१नमीन ढकाल

इलाम। डिफेन्डिङ च्याम्पियन माई नगरपालिका दोस्रो देउमाई कप अन्तरपालिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
देउमाई नगरपालिकामा जारी प्रतियोगिताको दोस्रो दिन गत संस्करणको उपविजेता चुलाचुली गाउँपालिकामाथि २–१ को जित निकाल्दै माईले अन्तिम आठमा स्थान बनाएको हो।
चुलाचुलीले ओसन राईको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। माईका सुशन राईले खेल बराबरी गरे। तर, ईशान बुढाथोकीले गोल गर्दै माईलाई जित दिलाए।
खेलको म्यान अफ द म्याच माईका सुशन घोषित भए नगद तीन हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा शनिबार रोङ गाउँपालिका र माङसेबुङ गाउँपालिका भिड्नेछन्।








