सुशान्तको निर्णायक गोलमा चर्च ब्वाइजको जित
मंगलबार, २९ माघ २०८१खेलपाटी संवाददाता

काठमाडौं। चर्च ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगको लिग लिडर एपिएफलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा एपिएफलाई चर्च ब्वाइजले १–० ले पाखा लगाएको हो।
योसँगै चर्च ब्वाइजले १२ खेलबाट २८ अंक पुर्याएको छ। एपिएफको भने समान खेलबाट २९ अंक छ।
चर्च ब्वाइजको जितमा सुशान्त थापामगरले गरेको गोल नै निर्णायक बन्यो। उनले पहिलो हाफको अन्त्यतिर गोल गरेका हुन्।








