लिग लिडर एपिएफको सहज जित
आइतबार, २७ माघ २०८१खेलपाटी संवाददाता

काठमाडौं। एन्फा यु–१६ युथ लिग लिडर विभागीय टोली नेपाल एपिएफ क्लबले सातदोबाटो युथ क्लबविरुद्ध सहज जित दर्ता गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा एपिएफले सातदोबाटोलाई २–० ले पराजित गरेको हो।
जितसँगै एपिएफले १२ खेलमा २९ अंक पुर्याएको छ। पराजित सातदोबाटोको समान खेलबाट १२ अंक छ । एपिएफलाई जित दिलाउन सन्देश घलान र सोहित वाइबाले गोल गरेका हुन्।
३६औं मिनेटमा सन्देशको गोलमार्फत एपिएपले सुरुआती अग्रता लिएको थियो। ५८औं मिनेटमा सोहितले गोल गर्दै टोलीको जित पक्का गरे।








