चीन र नेपालबीचको मैत्रीपूर्ण फुटबल फागुन ३ गते
आइतबार, २७ माघ २०८१खेलपाटी संवाददाता

काठमाडौं। चीनको नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चीन युनान युवा फुटबल टोलीबीच मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ।
अखिल नेपाल फुटबल संघले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो। चीनको दूतावासको सहयोगमा आयोजना हुने उक्त खेल आगामी फागुन ३ गते दशरथ रंगशालामा हुनेछ।
संघका अनुसार खेलको प्रविधिक पक्षको सबै जिम्मेवारी एन्फाको रहने छ। तर, खेलसम्बन्धि अन्य जिम्मेवारी (मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङ, सास्कृतिक कार्यक्रम) दूतावासले लिनेछ।
प्रतियोगिताको तयारीका लागि मुख्य प्रशिक्षक राजेश शाहीको नेतृत्वमा ४५ सदस्यीय खेलाडी टोली हाल बन्द प्रशिक्षणमा छन् ।








