डुकौरेले गरे १० सेकेन्डमै गोल
शनिबार, १९ माघ २०८१खेलपाटी संवाददाता

काठमाडौं। एभर्टनका मिडफिल्डर अब्दुलाये डुकौरेले यस सिजनको इङ्लिस प्रिमियर लिगमा सबैभन्दा छिटो गोल गरेका छन्, करिब १० सेकेन्डमै।
डुकौरे गोलकिपर जोर्डन पिकफोर्डको लामो क्लियरेन्सलाई गोल गरेका हुन्। यस गोलले एभर्टनलाई लेस्टरविरुद्ध गुडिसन पार्कमा सुरुआती अग्रता दिलाएको थियो।
ओप्टाका अनुसार उक्त गोल १०.१८ सेकेन्डमा भएको थियो। यो एभर्टनको प्रिमियर लिग इतिहासकै सबैभन्दा छिटो गोल भएको तथ्यांकले देखाएको छ। यो प्रिमियर लिग इतिहासमा चौथो छिटो गोल हो र घरेलु खेलाडीले गरेको अहिलेसम्मकै छिटो गोल पनि हो।
प्रिमियर लिग इतिहासका सबैभन्दा छिटो गोलहरू :
| क्रम | समय (सेकेन्ड) | खेलाडी | क्लब | विपक्षी | सिजन |
|---|---|---|---|---|---|
| १ | ७.६९ | शेन लङ | साउथह्याम्प्टन | वाटफोर्ड | २०१८–१९ |
| २ | ९.११ | फिलिप बिलिङ | बोर्नमाउथ | आर्सेनल | २०२२–२३ |
| ३ | ९.८२ | लेडली किङ | टोटनह्याम | ब्राडफोर्ड | २०००–०१ |
| ४ | १०.१८ | अब्दुलाये डुकौरे | एभर्टन | लेस्टर | २०२४–२५ |
| ५ | १०.५२ | एलन शियरर | न्यूक्यासल | म्यानचेस्टर सिटी | २००२–०३ |








