खो–खो विश्वकपमा नेपाली महिला टोलीको दोस्रो जित
मंगलबार, ०१ माघ २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली महिला टोलीले प्रथम खो–खो विश्वकपमा मंगलबार दोस्रो जित हासिल गरेको छ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा भएको दोस्रो खेलमा नेपालले जर्मनीलाई ७३–३४ ले पराजित गरेको हो।
मंगलबार नै भएको पहिलो खेलमा नेपालले भुटानमाथि ९३–२४ को सहज जित हात पारेको थियो। समूह ‘सी’ नेपाल, भुटान र जर्मनीसँगै बंगलादेश र श्रीलंका छन्।










