सौरभको गोलसँगै चर्च ब्वाइजलाई अर्को सफलता
मंगलबार, २३ पौष २०८१खेलपाटी संवाददाता

काठमाडौं। सौरभ भुजेलको निर्णायक गोलसँगै चर्च ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।
चर्च ब्वाइजले पहिलो खेलमा संकटा फुटबल क्लबलाई २–१ ले हराएको थियो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा चर्च ब्वाइजलाई दोस्रो जित निकाल्न पनि उत्तिकै असहज भयो।
बराबरीतर्फ उन्मुख खेलको ९०औं मिनेटमा सौरभले फ्रेन्ड्स क्लबविरुद्ध गोल गर्दै चर्च ब्वाइजलाई तीन अंक दिलाएका थिए।
जितसँगै चर्च ब्वाइजले दुई खेलबाट ६ अंक पुर्याएको छ। फ्रेन्ड्स क्लबको भने यो पहिलो हार हो। पहिलो खेलमा फ्रेन्ड्सले सातदोबाटो युथ क्लबलाई २–१ ले हराएको थियो।








