भिनिसियसलाई सर्वश्रेष्ठ पुरुष खेलाडीको अवार्ड
शनिबार, १३ पौष २०८१खेलपाटी संवाददाता

काठमाडौं। स्पेनिस क्बल रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरले सर्वश्रेष्ठ पुरुष खेलाडीको अवार्ड जितेका छन्।
ब्राजिलियन खेलाडीलाई २०२४ ग्लोब सोकर अवार्ड्समा उक्त पुरस्कार दिइएको हो। उनले सर्वश्रेष्ठ फरवार्डको अवार्ड पनि जित्दै आफ्नो सफल वर्षलाई थप प्रभावशाली बनाए।
यसैगरी रियलका अर्को उत्कृष्ट खेलाडी जुड बेलिङघमले सर्वश्रेष्ठ मिडफिल्डर र माराडोना अवार्ड दुबै जित्दै फुटबलका शीर्ष स्टारमा आफ्नो स्थान सुरक्षित गरे। बार्सिलोनाका युवा खेलाडी लामिन यमललाई ‘उदाउँदो प्रतिभा’ (बेस्ट इमर्जिङ ट्यालेन्ट) घोषित गरिएको थियो।








