खुमलटारसँग बराबरीमा रोकियो जावलाखेल
बुधबार, १० पौष २०८१खेलपाटी संवाददाता

काठमाडौं। ललित स्मृति एन्फा यु-१८ युथ लिगमा अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको एफसी खुमलटारले सातदोबाटो युथ क्लबलाई बुधबार गोलरहित बराबरीमा रोकेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा गोल हुन नसकेको हो।
योसँगै सातौं स्थानमा रहेको जावनाखेलले २१ खेलमा २७ अंक पुर्याएको छ। खुमलटार समान खेलबाट १२ अंकका साथ ११औं स्थानमा छ।








