लुम्बिनी लायन्सले जित्याे ‘फेयर प्ले’ अवार्ड
शनिबार, ०६ पौष २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)बाट सबभन्दा पहिला बाहिरिएको लुम्बिनी लायन्सले ‘फेयर प्ले’ को अवार्ड जितेको छ।
प्रतियोगितामा सात खेल खेलेको लुम्बिनीले एक खेलमात्रै जितेको थियो। उसले समूहचरणमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको थियो। योसँगै लुम्बिनीले मात्रै दुई अंक जोड्न सफल भएको थियो।









