कर्णालीका विपिन उदीयमान खेलाडी
शनिबार, ०६ पौष २०८१खेलपाटी संवाददाता

काठमाडौं। कर्णाली याक्सका स्पिनर विपिन शर्मा नेपाल प्रिमियर लिग (एनपिएल) को उदीयमान खेलाडी घोषित भएका छन्।
उनले कर्णालीलाई प्लेअफमा पुर्याउन १३ विकेट लिएका थिए। उनले एक लाख रुपैयाँ नगद पुरस्कार पाए।









