यु–१६ लिगको उद्घाटन खेलमा संकटा र चर्च बोइज भिड्ने
बिहिबार, ०४ पौष २०८१खेलपाटी संवाददाता

काठमाडौं। चर्च बोइज युनाइटेडले दोस्रो संस्करणको एन्फा यु–१६ युथ लिगको उद्घाटन खेलमा संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार खेल तालिका सार्वजनिक गरेको हो। उद्घाटन खेल पुस १२ गतेदेखि हुने छर खेल दिउँसो १२ बजे एन्फा कम्प्लेक्समा हुने छ।
सोही दिन हिमालयन शेर्पा क्लबले मच्छिन्द्र फुटबल क्लबसँग दोस्रो खेल खेल्ने छ। यो खेल तीन बजे हुनेछ। हिमालयन शेर्पाले यो प्रतियोगितामा डेब्यु गर्न लागेको हो। गत संस्करण मच्छिन्द्रले उपाधि जितेको थियो।








