विलियम एक्लैले लिए पोखराको ६ विकेट
मंगलबार, २५ मंसिर २०८१खेलपाटी संवाददाता

काठमाडौं। कर्णालीका दायाँ हाते स्पिनर विलियम बोसिस्टोले नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सविरुद्ध ६ विकेट लिने पहिलो बलर बनेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला ब्याटिङ लिएका थिए। तर, विलियमले चमत्कारी बलिङ देखाए।
उनले आन्द्रियस गौसलाई २५, कुशललाई १०, म्याट क्रिस्च्लेलाई शून्य, दिलिप नाथलाई तीन, माइकल लिस्कलाई दुई, नारायण जोशीलाई एक रन र रेमन रेफरलाई २० रनमा पभिलियन फर्काए।









