चितवनले गुमायो पावर प्लेमा तीन विकेट
मंगलबार, २५ मंसिर २०८१खेलपाटी संवाददाता

काठमाडौं। चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सविरुद्ध पावर प्लेमा तीन विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १६८ रनको लक्ष्य चितवनले पछ्याइरहको छ। चितवनले सुरुआत भने राम्रो गर्न सकेन। ओपनरद्वय सन्तोष कार्की १० र विपिन रावल पाँच रनले पभिलियन फर्किए।
तेस्रो नम्बरमा आएका सोहेल तनवीर पनि एक रनमा कप्तान रोहितकुमार पौडेलबाट कट एन्ड बोल्ड भए।









