एनपिएलमा रोहितको दोस्रो अर्धशतक
मंगलबार, २५ मंसिर २०८१खेलपाटी संवाददाता

काठमाडौं। लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल)मा दोस्रो अर्धशतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजविरुद्ध उनले अर्धशतक प्रहार गरेका हुन्। उनले १४.१ ओभरमा रञ्जित कुमारको बलमा एक रन लिँदै अर्धशतक पूरा गरेका हुन्। ५० रन बनाउन उनले ४३ बलमा दुई चौका र तीन छक्का प्रहार गरे।
यसअघि उनले पोखरा एभेन्जर्सविरुद्ध ९५ रनको इनिङ्स खेलेका थिए।









