ब्याटिङमा फेरि लुम्बिनीको संघर्ष

काठमाडौं। तीव्र गतिका बलर रिजन ढकाल तथा स्पिनरद्वय रञ्जित कुमार र कुशल मल्लले सानदार बलिङ फिगर देखाएसँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा ब्याटिङमा संघर्ष गर्न थालेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका थिए। त्यो निर्णय सफल हुने देखिएको छ। सात बल खेलेका आशुतोष घिरौयालाई रिजनले आफ्नो पहिलो बलमै एक रनमा बोल्ड गरे।
दोस्रो बल डट गरेका रिजनले तेस्रो बलमा उन्मुक्त चन्दलाई शून्य रनमै पभिलियन फर्काए। तर, अर्जुन साउदले कप्तान रोहितकुमार पौडेलसँग राम्रो साझेदारी गर्ने संकेत देखाएका थिए। यद्यपि, सातौं ओभरको पाँचौं बलमा उनी कुशलबाट क्याच आउट भए। १२ बलमा एक चौका र एक छक्कासहित १५ रन बनाएका उनलाई रञ्जितले क्याच आउट गराएका हुन्।
लगत्तै टम मुर्स पनि जान निकोल लोफ्टी इटनबाट डिप कभरमा क्याच आउट भए। उनले आठौं ओभरको पहिलो बलमा सोही ठाउँमा जीवनदान पाएका थिए। उनको विकेट कुशलले लिएका हुन्।









