रिजनले पहिलो ओभरमै लिए लुम्बिनीको दुई विकेट
मंगलबार, २५ मंसिर २०८१खेलपाटी संवाददाता

काठमाडौं। चितवन राइनोजका देब्रे हाते तीव्र गतिका बलर रिजन ढकालले आफ्नो पहिलो ओभरमै दुई विकेट लिएसँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा पुन: खराब सुरुआत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका थिए। त्यो निर्णय सफल हुने देखिएको छ। सात बल खेलेका आशुतोष घिरौयालाई रिजनले आफ्नो पहिलो बलमै एक रनमा बोल्ड गरे।
दोस्रो बल डट गरेका रिजनले तेस्रो बलमा उन्मुक्त चन्दलाई शून्य रनमै पभिलियन फर्काए।









