चितवनसँग लुम्बिनीले हार्यो टस

काठमाडौं। चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सविरुद्ध टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेका हुन्। उनले पहिला फिल्डिङ रोजेका छन्।चितवन आफ्नो उच्च मनोबलका साथ खेल्ने तयारीमा छ। यता, लुम्बिनी ठूला योगफल बनाएर पनि जित निकाल्न नसक्ने टोली बनेको छ।
लुम्बिनीले पहिलो खेलमा विराटनगर किङ्सविरुद्ध १९१ रनको ठूला योगफल बनाएर पनि हार बेहोरेको थियो। पोखरा एभेन्जर्सविरुद्ध १७० बनाए पनि १० विकेटको हार बेहोरेको थियो। पछिल्लो खेलमा जनकपुर बोल्ड्सविरुद्ध १३७ रनको सामान्य लक्ष्य पछ्याउँदा एक रनले पराजित भएको लुम्बिनीले पाँचौं खेलमा सुधारको आशा राखेको छ।
यता, चितवनले आइतबार सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गर्दै तेस्रो जित दर्ता गरेको छ। यो जितले चितवनलाई ६ अंकसहित तेस्रो स्थानमा छ। यदि चितवनले मंगलबार जित हासिल गरे जनकपुरलाई नेटरनरेटमा पछाडि छाडेर तालिकाको शीर्ष स्थानमा उक्लनेछन्।









