भारत फर्किए शिखर धवन
आइतबार, २३ मंसिर २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल प्रिमियर लिए (एनपिएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले स्वदेश फर्किएका छन्।
स्वदेश फर्किनुअघि उनले एभरेस्ट बेसक्याम्पको अवलोकन गरेका थिए। अवलोकनपछि शिखर आइतबार साँझ एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका हुन्। यसअघि उनले एनपिएलका क्रममा पशुपति नाथ दर्शन गरेका थिए। शिखरले आउँदो मार्चमा नेपालको भ्रमणमा आउने चाहना व्यक्त गरेका छन्।
कर्णालीबाट चार खेल खेलेका शिखरले एक अर्धशतकसहित १३६ रन बनाए। भारत फर्किएका उनले नेपालमा एनपिएल खेल्दा राम्रो अनुभव भएको बताए। ‘राम्रो अनुभव भयो। नेपालका खेलाडीलाई केही सिकाउने र मैले पनि केही मौका पाँए,’ उनले भने।









