लुम्बिनीले गुमायो दुई ओभरमै तीन विकेट
शनिबार, २२ मंसिर २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले दिएको १८८ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्स दबाबमा देखिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जवाफी ब्याटिङ गरिरहेको लुम्बिनीले दुई ओभरमै तीन विकेट गुमाएको हो। ओपनर अर्जुन साउद गोल्डेन डकआउट भएका थिए।
अर्का ओपनर उन्मुक्त चन्द पहिलो ओभरको पाँचौं बलमै चार रनमा आउट भए। उनीहरू दुवैलाई स्कट कुग्गेलिजनले एलबिडब्यु आउट गरेका हुन्। दोस्रो ओभरको पाँचौं बलमा ब्रान्डन म्याकमुलनले कप्तान रोहितकुमार पौडेललाई पनि पाँच रनमै इशान पाण्डेबाट क्याच आउट गराए।









