ट्रेन्ट बोल्टलाई मुम्बईले किन्यो
आइतबार, ०९ मंसिर २०८१खेलपाटी संवाददाता

काठमाडौं। न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्ट मुम्बई इन्डियन्समा अनुबन्ध भएका छन्।
साउदी अरबको जेद्दाहमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनमा उनलाई मुम्बईले १२ करोड ५० लाख भारुमा किनेको हो। उनको आधार मूल्य दुई करोड थियो।
सुरुमा राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्सलाई भित्र्याउन इच्छा देखाएको थियो। त्यसपछि मुम्बई भित्रिएको हो। गत सिजन उनले राजस्थानबाट १६ खेलमा १६ विकेट लिएका थिए।









