वार्नर अनसोल्ड
आइतबार, ०९ मंसिर २०८१खेलपाटी संवाददाता

काठमाडौं। अस्ट्रेलियाका पूर्व ओपनिङ ब्याट्सम्यान डेभिड वार्नर इन्डियन प्रिमियर लिग (आइपिएल) मा अनसोल्ड भएका छन्।
साउदी अरबको जेद्दाहमा जारी मेगा अक्सनमा उनले आफ्नो आधार मूल्य दुई करोड राखेका थिए। तर, उनलाई भित्र्याउन कुनै टोली इच्छुक देखिएनन्।
यस्तै, भारतीय खेलाडी देवदत्त पडिक्कल पनि अनसफल्ड भइएका छन्। उनी अक्सनमा अनसोल्ड हुने पहिलो खेलाडी हुन्।









