सुदूरपश्चिमले गर्यो धनगढीमा र्याली
सोमबार, ०३ मंसिर २०८१खेलपाटी संवाददाता

काठमाडौं। सुदूरपश्चिम रोयल्सले धनगढीमा सोमबार र्याली गरेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) टोली रोयल्सले धनगढीको चौराहदेखि रंगशालासम्म र्याली आयोजना गरेको हो। र्यालीमा टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, इशान पाण्डे, अमित श्रेष्ठलगायत खेलाडीको सहभागिता थियो।
र्यालीमा स्थानीय संस्कृति र भेषभूषा झल्कने झाँकीको पनि सहभागिता रहेको थियो। क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ।









