अझै अपराजित पिएसजी
आइतबार, २५ कार्तिक २०८१खेलपाटी संवाददाता

काठमाडौं। विंगर ब्राडली बारकोलाको समान दुई गोलको मद्दतमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले दोस्रो स्थानको एन्जर्समाथि ४–२ को जित निकालेको छ।
दक्षिण कोरियाका ली काङ–इनले पनि दुई गोल थपेपछि पिएसजीले आफ्नो अपराजित यात्रा ११ खेलसम्म लब्यायो। योसँगै ११ खेलबाट २९ अंक पुर्याएको पिएसजीले दोस्रो स्थानको मोनाकोसँगको अंक दूरी ६ मा पुर्याएको छ।
फ्रेन्च लिग र यसले खेल सञ्चालन गर्ने तरिकाप्रति समर्थकले विरोध जनाएका थिए। घरेलु समर्थकले टेनिस बल मैदानमा फ्याँकेपछि दोस्रो हाफको सुरुमा केही समय खेल रोकिएको थियो।
इन्जुरी समयमा एन्जर्सका लागि एस्टेबान लेपुल र इमानुएल बियुमलाले गोल गरे।








