चार नयाँ खेलाडी ताजकिस्तान भ्रमणमा
शुक्रबार, १६ कार्तिक २०८१खेलपाटी संवाददाता
काठमाडौं । चार नयाँ खेलाडीलाई समावेश गर्दै ताजकिस्तान भ्रमणमा निस्कने राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ ।
अन्तरिम मुख्य प्रशिक्षक नविन न्यौपानेले राष्ट्रिय फुटबल टिममा चार नयाँ खेलाडीलाई मौका दिएका छन् ।
फरवार्डमा निराजन धामीले राष्ट्रिय टिममा स्थान बनाउन डिफेन्डसमा रनदीप पौडल, अभिषेक वाईबा र अन्जल महर्जनले अवसर पाएका छन् ।
नेपालले ताजकिस्तान र अफगानिस्तानसँग मैत्रीपुर्ण फुटबल खेल्ने तालिका छ । फिफा विन्डा अनुसार नोभेम्बर १३ देखि १९ तारिकको बीचमा मैत्रीपूर्ण फुटबल हुनेछ ।








