नेपाल र बंगलादेशबीचको फाइनलको टिकट एन्फा आफैंले बेच्ने
मंगलबार, १३ कार्तिक २०८१खेलपाटी संवाददाता

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) आफैंले साफ महिला च्याम्पियनसिप २०२४ को टिकट बिक्री गर्ने भएको छ।
माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा साफ च्याम्पियनसिपको टिकेटिङ अधिकार लिएको थियो।
आइतबार करिब १५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजार ९ जना दर्शकलाई प्रवेश दिएको म्याच रिपोर्टमा सार्वजनिक भएको थियो। लगत्तै एन्फाले क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै बंगलादेश र नेपालबीच हुने फाइनल खेलको टिकट बिक्री रोकेको थियोे।
एन्फाले जावलाखेल खेलमैदान, एन्फा कम्प्लेक्स र भद्रकालीस्थित आर्मी अफिसियल केन्द्रबाट बुधबार बिहान सामान्यतर्फ १० हजार टिकट बिक्री गर्ने जनाएको छ।








