भुटानविरुद्ध बंगलादेशलाई फराकिलो अग्रता
आइतबार, ११ कार्तिक २०८१खेलपाटी संवाददाता

काठमाडौं। साबिक विजेता बंगलादेशले साफ च्याम्पियन २०२४ को सेमिफाइनलमा फराकिलो अग्रता लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंशालमा जारी खेलको पहिलो हाफमा भुटानविरुद्ध बंगलादेशले ५-१ को अग्रता लिएको हो।








