शिखर युवा क्लब च्याम्पियन
आइतबार, ११ कार्तिक २०८१खेलपाटी संवाददाता

काठमाडौं। शिखर युवा क्लब सिन्धुपाल्चोकले भिमेश्वर–९ खुला पुरुष फुटबल प्रतियोगिता जितेको छ।
एटिभ बोइज क्लब खरिढुंगाको आयोजना र भिमेश्वर नगरपालिका–९, दोलखाको मुख्य प्रायोजनमा आयोजना भएको दोस्रो संस्करणको प्रतियोगितामा सिहदेवी क्लबलाई ३–० पराजित गर्दै शिखरले उपाधि जितेको हो।
शिखरले उपाधिसँगै एक लाख ११ हजार १११ पायो। उपविजेता सिहदेवीले ५५ हजार ५५५ मा चित्त बुझायो।








