नेपालको फिफा वरीयता यथावत
बिहिबार, ०८ कार्तिक २०८१खेलपाटी संवाददाता

काठमाडौं। अन्तर्राष्ट्रिय फुटबलविहीन रहेपनि नेपालको फिफा वरीयता यथावत रहेको छ। फुटबलको सर्वोच्च निकाय फिफाले सर्वाजनिक गरेको नयाँ वरीयतामा नेपाल १७६औं स्थानमा कायम रहन सफल भएको हो।
विश्वकप/एसियन कप छनोटको दोस्रो चरणको अन्तिम खेलमा यमनविरुद्ध २–२ (११ जुन, २०२४/दमाम, साउदी अरबया) खेलेयता नेपाली टोली मैदानमा फर्किएको छैन। त्यसले नेपालको वरीयतामा कुनै परिवर्तन नभएको हो।








