साबिक विजेता जापानसँग खेल्दै नेपाल
बुधबार, ०७ कार्तिक २०८१खेलपाटी संवाददाता

काठमाडौं। एफसी यु–१७ एसियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा साबिक विजेता जापानसँग प्रतिस्पर्धा गर्दैछ।
खेल कतारको दोहास्थित हमद बिन खालिफा स्टेडियमा नेपाली समयअनुसार राति १०:३० बजे हुनेछ। नेपाल र जापान समूह ‘एफ’मा छन्। यो समूहमा होम टिम कतारसँगै मंगोलिया पनि छ।
जापान प्रतियोगिताको सबैभन्दा ससफल टोली यो। यो टोलीले १९९४, २००६, २०१८ र २०२३ मा गरी चारपल्ट उपाधि जितसकेको छ। २०१२ मा उपविजेता बनेको टोलीले २००८, २०१० र २०१६ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।
नेपालले गत महिना भुटानमा भएको साफ यु–१७ च्याम्पियनसिप खेलेको थियो। सेमिफाइनलमा भारतसँग ४ २ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको नेपालले एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ।








