क्वार्टरफाइनलमा पुलचाेक
बुधबार, ३० आश्विन २०८१खेलपाटी संवाददाता

पथरी। नीरज परियारकाे ह्याट्रिकप्रेरित पुलचाेक एफसी कीर्तिपुर खुला नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
बुधबार भएको प्रि– क्वार्टरफाइनलमा कानेपोखरीको शिवालय फुटबल क्लबलाई ३–० ले पराजित गरेको हो। मोरङको पथरीशनिश्चरे ७ कीर्तिपुरमा भएको खेलमा पुलचाेकका नीरज परियारले ह्याट्रिक गरे।
पहिलो हाफमा एक गोलमार्फत अग्रता बनाएको पुलचाेकले दोस्रो हाफमा थप दुई गोल गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो। खेलको म्यान अफ द म्याच नीरज नै घोषित भए।
बिहीबार उज्ज्वल भविष्य फुटबल क्लब र वाइ एफसी भिड्नेछन्। न्युस्टार क्लबले आयोजना गरेको फुटबलको फाइनल कार्तिक ९ गते हुने छ।








