साढे ११ लाखमा बिके आकाश
आइतबार, २० आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली यु १९ राष्ट्रिय टोलीका तीव्र गतिका बलर आकाश चन्द पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन्।
क्याटोगरी ‘ए’ मा रहेका उनलाई पोखरा एभेन्जर्सले ११ लाख ५० हजार रुपैयाँमा अनुबन्ध गरेको हो।
उनको न्यूनतम मूल्य १० लाख रुपैयाँ थियो।









