जनकपुर पुगे अनिल
आइतबार, २० आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली टोलीका विकेटकिपर तथा ओपनर अनिलकुमार साह जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन्।
क्याटोगरी ‘ए’ मा रहेका उनलाई सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, काठमाडौं गुर्खाज, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स र कर्णाली यक्सले अधिकतम १५ लाख रुपैयाँको बोली लगाएका थिए। गोलाप्रथाबाट उनी जनकपुर पुगे।
उनको न्यूनतम मूल्य १० लाख रुपैयाँ थियो।









