१५ लाखमा पोखरा पुगे सागर
आइतबार, २० आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका स्पिनर सागर ढकाल पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन्।
क्याटोगरी ‘ए’ मा रहेका उनलाई सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्सले अधिकतम १५ लाख रुपैयाँको बोली लगाएका थिए। गोलाप्रथाबाट उनी पोखरा पुगे।
उनको न्यूनतम मुल्य १० लाख रुपैयाँ थियो।









