योङ ब्वाइजमाथि बार्सिलोनाको प्रभावशाली जित
बुधबार, १६ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। रोबर्ट लेवान्डोस्की दुई गोलसँगै बार्सिलोनाले च्याम्पियन लिगमा योङ ब्वाइजमाथि प्रभावशाली जित निकालेको छ।
घरेलु मैदानमा बिहीबार राति भएको खेलमा बर्सिलोना ५–० ले विजयी भएको हो। बर्सिलोनाको यो पहिलो जित हो। जितसँगै तीन अंक जोडेको बार्सिलोना १०औं स्थानमा उक्लिएको छ।
यसअघि मोनाकोसँग बार्सिलोना २–१ ले पराजित भएको थियो। लेवान्डोस्की, राफिन्हा र इनिगो मार्टिनेजको गोलसँगै बार्सिलोनाले पहिलो हाफमै तीन गोलको अग्रता लिएको थियो।
५१औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरे। ८१औं मिनेटमा मोहम्मद कमाराले आत्मघाती गोल गरेपछि बार्सिलोनाले सहज जित हात पारेको हो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)