सुदूरपश्चिमको नाम र लोगो सार्वजनिक
सोमबार, १४ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिमले आफ्नो नाम र लोगो सार्वजिनक गरेको छ।
सुदूरपश्चिमको मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन्। एम्पायर स्पोर्ट्स म्याजमेन्ट प्रालिको स्वामिक्तमा रहेको टोलीको नाम सुदूरपश्चिम रोयल्स रहनेछ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म हुने प्रतियोगितामा आठ टोलीको सहभागिता जनाउने छन्।
प्रतियोगितामा सुदूरपश्चिमसहित विराटनगर जनकपुर, कर्णाली, काठमाडौं, चितवन, पोखरा, लुम्बिनीका टोलीले प्रतिस्पर्धा गर्नेछन्।









