रोमाको दोस्रो जित
सोमबार, १४ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। रोमाले सिरी ए मा दोस्रो जित निकालेको छ। आइतबार राति भएको खेलमा रोमाले यसै सिजन सिरीमा उक्लिएको भेनेजियालाई २-१ ले पराजित गरेको हो।
जितसँगै रोमाले ६ खेलबाट ९ अंक पुर्याएको छ। पराजित भेनेजियाको भने समान खेलबाट चार अंक छ। जोएल पोहजनपालोले ४४औं मिनेटमा गोल गर्दै भेनेजियालाई सुरुआती अग्रता दिलाएका थिए।
७५औं मिनेटमा ब्रायन क्रिस्टेन्टले गोल गर्दै रोमालाई खेलमा फर्काए। निकोलो पिसिलीले ८३औं मिनेटमा गोल गर्दै रोमालाई जित दिलाए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)