आइपिएलमा फ्रेन्चाइजीले ६ खेलाडीलाई रिटेन गर्न पाउने
आइतबार, १३ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल)मा फ्रेन्चाइजीले अब ६ खेलाडीलाई रिटेन गर्न पाउने भएका छन्।
मेगा अक्सनअघि आइपिएल व्यवस्थापनले उक्त निर्णय गरेको हुन्। फ्रान्चाइजीले प्रत्यक्ष रिटेन्सन वा राइट टु म्याचमार्फत मात्र ६ जना खेलाडी राख्न पाउने भएका हुन्।
फ्रान्चाइजीले कम्तिमा एक अनक्याप खेलाडीलाई राख्नुपर्नेछ। बाँकी पाँच खेलाडीमध्ये कति भारतीय र कति विदेशी खेलाडी हुनेछन् भन्ने कुनै सीमा छैन।
यसबाहेक टोलीहरूसँग फेरि एक पटक राइट टु म्याचको विकल्प हुनेछ। यसबाहेक इम्प्याक्ट प्लेयरको नियम पनि पहिलेकै जस्तै रहनेछ। अक्सनका लागि सबै टोलीसँग १२० करोड भारू पर्स हुनेछ, जुन गत वर्षको तुलनामा २० करोड बढी हो।









